Rule 40
सप्लाई भोल्टेज
(१) सप्लाई भोल्टेजको स्तर देहाय बमोजिम कायम गर्नु पर्नेछ ः–
(क) साधारण ग्राहकको लागि विद्युत सेवा ए.सी. सिँगल फेजमा २३० भोल्ट र थ्री फेजमा ४०० भोल्ट ।
(ख) ए.सी. थ्री फेज चार तारमा सप्लाई चाहनेलाई २३०/४०० भोल्ट ।
(२) उपनियम (१) को खण्ड (क) र (ख) मा उल्लेखित भोल्टको स्तरमा ५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।